यहाँको केटीहरुलाई बाहिरको संसार कस्तो हुन्छ थाहै छैन

Photo Courtesy : Simone Wenth / Unsplash

जीवनमा दुःखहरु धेरै आईरहन्छ तर यो पल्टको दुःख अति नै ठूलो छ । कहाँबाट यो कोरोना भाईरस आयो थाहा नै पाएन ।

कोरोना आएपछि हामी गाउँ आयौं । सबै घरमा बसीरहेका छन् तर मेरो बुबा त घुम्न मात्र जानु हुन्छ । बिहान ८ बजे तिर नल तान्न जान्छु । खै किन हो ? जहिले म उठ्दा ममी र बुबाको झगडा भएको हुन्छ । म बाबाले ममीलाई गाली गरेको सुनेर उठ्छु । अनि चिया खान्छु । पहिला पहिला त इन्डियन सिम कार्ड पनि थिएन । पुरा बेकारमा आएँ झै लाग्थ्यो । त्यसमा यहाँको मानिसहरुको सोच नै फरक छ मलाई यहाँको मान्छेसँग घुलमिल हुन एकदम गाह्रो भईरा’छ । यहाँ आएपछि त VOW MEDIA को कुरा सोच्दै त्यहाँका दिदीहरुले भनेको याद आउँछ । कहिले सम्म यसरी बस्न पर्ने हो ? अत्यास लागेर आईरा’छ । बाहिर कतै जाउँ भने पनि निस्कन दिँदैन । बोर लाग्दो छ यहाँको जिन्दगी ।

यहाँको केटीहरुलाई त बाहिरको संसार कस्तो हुन्छ थाहा नै छैन । बिहान उठ्छन्, खाना पकाउँछन खान्छन्, सुत्छन् । फेरी उठछन् खाना पकाउछन्, केही बोल्यो भने पनि यो केटी कति बोल्छ ? केटी भएर यसरी बोल्ने भन्छन् । यसरी नै बिहान सुरु हुन्छ, अनि रात पनि बित्छ । म बिहान उठ्छु, खाना खान्छु, मोवाईल चलाउँछु सुत्छु ।

यहाँ मेरो कोही साथिहरु पनि छैन । जे गरे पनि एक्लै हुन्छ कति दिन यसरी बस्ने होला ?

कक्षा ९
श्री कान्तिईश्वरी मा.वि.

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + = 30