लकडाउन जीवनले आफू, परिवार, समाज र राज्यलाई चिन्ने अवसर दिएको छ

संसारलाई अत्याउने गरि आएको कोरोना भाईरसले हामी सबैलाई घरको एउटा कोठा भित्र सिमित गरिदिएको छ । आकास्मिक रुपमा सरकारले घोषणा गरेको लकडाउनले गर्दा धेरै व्यक्तिहरुले आफ्नो व्यवस्थापन गर्न अझै पनि सकिरहेका छैनन् । खास गरि घर छोडेर जिविकापार्जनका लागि शहर छिरेका मजदुरहरुको अवस्था, घर फर्कन नसकेकाहरुको वेदना, भारतमा मजदुरी गर्न गएकाहरु यता र उताको लकडाउनको मारमा परेको र विदेशमा पढ्नको लागि गएका बिद्यार्थीहरुको कथा हामीले आफ्नो बन्द कोठामा बसेर पढिरहका छौं ।

विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेको यो परिप्रेक्षमा आफू र अरुलाई सुरक्षित राख्नको लागि हामीले आफूलाई घर भित्रको कोठामा सिमित गरिरहेका छौं । यो अवधीमा धेरैले आफूले आफूलाई चिन्ने र आफूलाई अनुशासनमा राख्ने समय हो भनेर भनेको सुन्न र पढिरहेको छु । मानिसका यस्ता अनुभवलाई मैले मेरो जीवनमा फर्केर हेरिरहेकोछु ।

मैले यो अवधीमा आफूले आफैलाई चिन्ने अवसर त पाएँ यो सँगै मेरो आफ्नो परिवार समाजलाई पनि चिन्ने अवसर पाएँ । खास मैले मेरो जीवन, घर परिवार र समाजलाई आजसम्म चिनेको रहेनछु ।

photo-by-gita3म : वास्तवमा आजसम्म मैले आफूलाई अनुशासनमा राख्न सकेको रहेनछु । म बाहिर जति धेरै दिनहरु बिताउन सक्छु । त्यति घरमा समय बिताउन म सक्षम छैन र मलाई आफ्नै घर बन्दि गृह जस्तो हुनेछ भन्ने मैले सोचेकै थिईन । लकडाउनको केहि दिन मलाई रमाईलो लाग्यो । घरमा समय दिन नसकेको र आफ्नो लागि समय नभए जस्तो बल्ल मैले मेरो लागि समय पाए भने जस्तो लागेको थियो । तर बिस्तारै आफै बसेको घर आफूलाई जन्म दिने आमाबुबा आफ्ना साथी भाईहरुसँग घुलमिल हुन नै मलाई आफैसँग संघर्ष गर्नु प¥यो । म यतिसम्म घरबाट टाढा भएको रहिछु कि मलाई केही दिन पछि मलाई मेरो घरको मान्छे नै बढी भए जस्तो लाग्यो । त्यसको परिणाम स्वरुप विस्तारै मलाई रिस उठने, आफूले भनेको कुरा मात्र हुनपर्छ जस्तो धारणा राख्ने, कोहीसँग बोल्न मन नलाग्ने, नखाने र आफूलाई एक्लोपनाको अनुभुति भयो । सबै सकियो जस्तो अनुभुति हुन थाल्यो । तर विस्तारै आफूलाई नै अनुशासनमा राख्ने कोशीस गरेँ वा गर्दैछु । यो बिचमा आफूलाई कसरी व्यवस्थित राख्ने? भनेर केही कोशीसहरु गरँे जस्तै ः कोहीसँग नबोल्ने, आफूलाई कोठामा बन्द गर्ने, किताब पढ्ने, आफूलाई लागेको लेख्ने, फिल्महरु हेर्ने साथीसँग कुरा गर्ने कोरोनाको न्यूज पढ्न बन्द गर्ने । आफूलाई सकेसम्म व्यस्त राख्ने जस्ता कार्यले मलाई कोरोनाको महामारीसँग लड्ने शक्ति दिएको जस्तो लाग्छ ।

photo-by-gita1घरपरिवार, छिमेकी र समाज : यो बिचमा मैले मेरो घर परिवार र समाजलाई अध्ययन गर्ने अवसर पाएको छु । मेरो अध्ययनले पाएको सामाज आफूलाई अनुशासनमा राख्न जति गाह्रो छ, त्यो भन्दा बढी समाज परिवारलाई राख्न गाह्रो छ । सबैको आ—आफ्नो धारणा हुन्छ विचार हुन्छ । जुन कहिल्यै हाम्रो ध्यान नपुगको वा हामीलाई त्यस्ता विषयमा कुरा गर्न समय नभएको विषय — के खाने? कुन फिल्म हेर्ने? जस्तो विषय पनि धेरै सँगै बसेपछि र अन्य काम नभएपछि यस्ता विषयमा छिमेकीमा झगडा भएको देखे । घरमा धेरै व्यक्तिहरुसँगै घर बस्दा घरेलु हिंसा बढेको पनि देखियो । झगडाको विषयः श्रीमानले बाहिरको व्यक्तिहरु ल्याएर तास खेल्ने वा खेल्न जाने, पानीको अभाव, खाना कसले बनाउने?, पैसाको अभाव हुँदै जाने जस्ता विषयले पनि झगडाको विषय बन्ने र यस्ता विषयले ठुलो रुप लिएको देखियो ।

घरको बसाई पत्यार लाग्दो त छ तर बिस्तारै आफूलाई भित्र बन्दि बनाउने बानी पनि परिसकेको छ । यो कैदी जीवनले आफू, परिवार, समाज र राज्यलाई चिन्ने अवसर पनि हो जस्तो लागि राखेको छ ।

***

Leave a Reply

Your email address will not be published. Required fields are marked *

65 − = 59