अब स्कूल खुल्छ की खुल्दैन त्यो पनि थाहा छैन

मलाई घरमा बस्दा एकदम नरमाईलो लागेको छ । लकडाउन हुनु भन्दा पहिला नै इन्डिया जाने प्लान बनाएका थियौं तर जाने भन्दा भन्दै लकडाउन भयो । त्यसपछि जान पाएनौं । अब त मलाई डर लागीरहेछ हामी कहिले इन्डिया जान पाउँछौ कि पाउदैनौं भनेर ? मेरो हजुरआमा यहि बिचमा बिरामी हुनुहुन्छ । डर झन बढेको छ उहाँलाई निको हुन्छ की नाई ? धेरै बिरामी हुनुभयो भने यो बेला हस्पिटल लान पनि गाह्रो छ । कोरोना भन्दा पनि मलाई यस्तै अन्य कुराले बढी सताई रहेको छ ।

लकडाउन पछि म बिहान ७ बजे उठ्छु । फ्रेस हुन्छु, चिया पकाउँछु, भाईहरुलाई खुवाउँछु अनि आफु पनि खाईसके पछी भाईहरुलाई पढाउँछु । १० बजे तिर ममीले खाना पकाईसकेको हुनुहुन्छ । सबै परिवारसँगै बसेर खाना खान्छौं । ममी भान्सा सफा गर्नुहुन्छ । भाई र म लुडो खेल्दै टि ।भि । र्हेछौं । त्यस पछि म पढ्छु ।

अब यो लकडाउन खुल्छ की खुल्दैन?
के हुेने हो?
दिनदिनै चिन्ता बढी रहेको छ

अन्य धेरै स्कूलहरुको त अनलाईन क्लास भईरा’छ । हाम्रो स्कूलमा त अनलाईन क्लासको व्यवस्था पनि छैन । अब स्कूल खुल्छ की खुल्दैन त्यो पनि थाहा छैन । मलाई पढाई के हुने हो ? भनेर धेरै चिन्ता लागीरा’छ । लकडाउन कै बिचमा हाम्रो त रिजल्ट आयो । म पास भएँ । मलाई एकदम खुशी लाग्यो । तर एस ।ई ।ई । को त परिक्षा पनि भएको छैन । उनीहरुलाई कस्तो धेरै चिन्ता परेको होला ? उनीहरुको परिक्षा हुन्छ कि हुँदैना भन्दाअ भन्दाइ उनिहरुलाई परिक्षा नै लिन नपर्ने भन्ने समाचार पढें । हाम्रो अनलाईन कक्षा हुन्छ कि हुँदैन ? हाम्रो स्कूल खुल्छ कि खुल्दैन सोच्दा सोच्दा अब के हुने हो ? भन्ने डर लागिरहन्छ ।

ममी बाबाले हामीलाई चोकमा समेत जान दिनु हुँदैन । कोही साथिहरुलाई भेट्न पनि पाएको छैन । यो कोरोनाले गर्दा मलाई कस्तो चिन्ता भईरा’छ । अब यो लकडाउन खुल्छ की खुल्दैन? के हुेने हो? दिनदिनै चिन्ता बढी रहेको छ । घरमा बस्दा राम्रोसँग खान पनि पाएको छैन । मेरो बाबालाई धेरै चिन्ता भईरा’छ । लकडाउन अगाडि मेरो बाबा फुटपाथमा लुगा बेच्नु हुन्थ्यो । अब त्यो पनि बेच्न दिँदैन । हामीलाई धेरै समस्या भईरा’छ । लकडाउन धेरै लम्बियो भने के खाने होला ? भनेर बाबा धेरै चिन्ता गर्नुहुन्छ । मलाई एकदम नरमाईलो लाग्छ बाबालाई देखेर ।

कक्षा ९
कान्तिईश्वरी मा.वि. प्याफल

***

Hunger crisis during lockdown

 

I don’t like staying at home. We had plans of travelling to India before the lockdown, but the lockdown happened and we couldn’t go. Now I have this fear whether or not we will able to go to India ever again? My grandmother is also not keeping well. I am really worried about her health condition. What if it gets worse? How will we take her to the hospital? I am actually more concerned about other issues as compared to Corona.

These days, I wake up around 7 in the morning; make tea and breakfast for my brothers and myself. My mother prepares lunch and it’s normally ready by 10 in the morning. We all have our lunch together after which I play ludo and watch television with my brother. After that, I study.

Many other schools have organized online classes but since I go to a government school, our school doesn’t have an online facility. I don’t know if the school will reopen again or not. I am really worried about my studies. I got my 9th-grade exams’ result during this lockdown period. I was really happy that I passed my exams, but the National Board Exams (SEE) are still pending. I guess all the SEE students must be very worried about their exams. I don’t know whether the SEE exams will be conducted or not. I think a lot about all these things and I tend to get worried.

My parents don’t allow us out at all, not even to go to the main road. I haven’t been able to meet any of my friends either. I am really distressed because of this corona. I wonder if this lockdown will ever ease up and my stress is also increasing day by day. We have not been able to eat properly as well. My father is really stressed. Before the lockdown, my father used to sell clothes on the streets, and now he can’t even sell that. He keeps wondering what will we do if the lockdown keeps extending and how will we survive? I feel really bad looking when I see him in such a state.

May 24th 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 13 = 16