म भित्रको डरलाई फेरी ब्युँतायो कोरोनाले

जनवरी देखि कोरोना भाईरसको बारे सुन्दै आएकी छु । नयाँ वर्षको सुरुवातमा नै विश्व भरि  नै त्रास लिएर आयो कोरोना भाईरस । त्यही समयमा अमेरीकाले ईरानलाई धम्कि दिएको थियो । त्यसको अकै त्रास थियो अनि त्यो त्रास थियो विश्व युद्ध  कतै अमेरीकाको यस्तो धम्किले विश्व युद्ध त हुने होई? एक प्रकारको डर थियो तर भएन । तर हामीलाई के थाहा थियो कि यो भन्दा नि ठुलो त्रास र संकट सबैको जिवनमा आउनेवाला थियो । हजुर त्यो संकट कोरोना भाईरस महामारी हो । जुन पुरा विश्व फैलीएको छ ।

यसरी नै यो लाग्यो की करोडौ मानिसहरुको त्रासमा मेरो नि धेरै त्रास र डर छन । म सानै देखि एकदम कम्जोर र एकदम डर पोक केटी थिएँ । सानो सानो कुरामा नि डराउने रुने केटी थिएँ धेरै पटक म टुवाईलेटमा लुकेर बसेको छु । हुँरीवतास आउँदा, भुकम्पको कुरा गर्दा, बाढी पहिरोको समाचार सुन्दा एकदमै डर लाग्थ्यो । घाँटीबाट एक एक गास खाना निल्न सक्दिनथे म । पानी पर्दा लाग्थ्यो अब बाढी पहिरो आउछ, हुरी बतास आउँदा हामीलाई उडाएर लग्छ सोच्थे तर यम्ी त साना बेलाको त्रास भयो अहिले त यि कुराहरुको त्रास छैन । तर म अहिले पनि त्यही डरपोक र कम्जोर केटी चाही हो । ति कुराहरुको त्रास नभए पनि म एकदम डरपोक किसीमको हुँ । मलाई अहिले पनि याद छ  विज्ञानको विषय पढाउने म्यामले कोरोना महामारीमा नेपाल उच्च जोखिममा पर्छ भन्दा मेरो जिउ तातेर आगो भएको थियो ।

मुटु हल्लिएर धड्कन एकदम छिटो छिटो चल्न थालेको थियो
म टेवलमा टाउको अडएर रोएको मलाई नै थाहा छैन । 

सानै देखिको त्रास र त्यो घटनाको बारेमा एकदमै गहिरिएर सोच्दा म आफैले आफैलाई किन म यति धेरै डरपोक छु भनेर प्रश्न गर्दा थाहा पाए कि मेरो जिवनको सबै भन्दा ठुलो त्रास यि कुराहरु होईन यो त्रास त मृत्यु पो रहेछ । मलाई मेरो मृत्यु देखि डर लाग्छ । तर म अहिले आफुलाई सके जति निस्कने कोशीष गर्छु र मलाई थाहा छ कि म यो त्रासबाट निस्कने छु भन्ने सोच आउँछ । 

तर फेरी यो त्रास बढाउनको लागी यो कोरोना महामारी आयो यो महामारीले मेरो त्रासलाई अझै बढायो । जति सोच्छु यो कि यो त्रासबाट बाहीर निस्कन्छु । त्यती नै भित्र जान्छु । कोरोना भाईरस यसले त मेरो मेरो त्रास र दुःख लाई मेरो जिवनमा अझै गाँजीरहेको छ । दिन रात लाग्छ की मेरो मृत्यु भयो भने! डर लाग्छ की मेरो परिवारबाट म विछोड भएँ भने! यस्ता डर र त्रासले गर्दा मैले समाचर नै पढ्नै बन्द गरि दिएँ । कोरोना महामारीको डरले हामी काठमाण्डौ देखि इन्डिया आयौ तर मलाई इन्डिया आईरहदा फेरी काठमाण्डौ फर्कन्छु की फर्कन्न भन्ने डर लाग्यो । यस्ता डर र त्रास कम गर्न सके म सम्म सकारात्मक विचारका साथै प्रेरणादायी प्रवचन र युट्युबहरुमा सुन्ने गरीराछु । आफैले आफैलाई भन्छु हाम्रो डाक्टरहरु सक्षम छन् । उनिहरुले हामी सबैलाई बचाउन सक्छन् र बचाउने छन् भनेर आफैले आफैलाई भन्छु । सम्झाउँछु की यो कोरोनाबाट मृत्यु धेरै भईसकेको छ तर मृत्यु भन्दा धेरै गुणा मान्छेहरु निको पनि भईरहेका छन् । अनि दिनरात आशा गर्छु की यसको केही न त केही समाधान वा उपचार त अवश्य भेट्टाउँछ एक दिन ।  

 

कक्षा ९
१७मे २०२०
श्री कान्तिईश्वरी मा.वि.

***

 

Corona has revived the fear inside me

 

I have been hearing about coronavirus since January. Corona came along with the New Year spreading dreadful consequences all over the world. During the same time, America had threatened Iran. That was another fear and it was concerning world war. What if there will be a world war because of what America said? There was a strange fear, thankfully nothing happened. But, there was a bigger fear and bigger concern and it was of coronavirus.

Ever since I was little, I have always been a weak and sensitive girl. I cry over small little things and many times I’ve cried alone in the toilet. Be it thunderstorms, earthquakes, or news about landslides, I get really scared. When it rained, I used to think there will be thunderstorms and landslides and we will die. But these were mostly during my childhood; I don’t have these fears anymore. I still am the same sensitive girl though. I still remember during science class when my teacher had mentioned that Nepal is highly vulnerable to coronavirus, my body had heated up rapidly. My palpitation had increased and unknowingly I was crying.

After a lot of self-introspection, I had realized why I was such a sensitive girl. I figured out that my biggest fear was death. I fear that I will die. Now I try my best to overcome this fear and I believe someday I will.

However, due to this coronavirus, my fear has only increased. The more I think about it, the more intense it gets. I am constantly thinking what if I die? What if I get separated from my family? Now I have stopped reading any news because it only makes things worse for me.  Me and my family came to India during this pandemic, but I worry if we will ever get back to Kathmandu. I spend a lot of time working on positive thinking and listening to the motivational speech on Youtube to fight with my fear and anxieties. I remind myself that doctors are efficient and competent. They can do anything; they will save us. I keep telling myself that of course there are many who have died because of this virus, but there are even more people who are recovering. I hope some solution will be found eventually.

***

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 4 = 10