चीन र भारत मिलेर नेपाललाई खोक्रो बनाउन लागे झैं लाग्छ

लकडाउनको ५४औं दिनमा मैले ४ वटा पुस्तकहरु पढिसकें । लकडाउन नभएको भए हामी सबै साथीहरु जगिङ्ग जाने, घुम्ने योजना बनाएका थियौं । कोरोना भाईरसबाट बच्न लकडाउनमा बस्नु ठिक हो तर यो समयमा मलाई केही गर्न मन नलागेको जस्तो भएको थियो तर बीचमा फेरी केही गर्नुपर्छ जस्तो लागेर आयो । अनि चित्रहरु बनाउन थालें । त्यसपछि अलि जाँगर चल्न थाल्यो मैले डायरीहरु लेख्न थालें ।

07c8642c-75d9-4917-bf08-78f82128f837मामाघरको हजुरबुबा बिरामी हुनु भएको कारण हामी लकडाउन सुरु हुनु भन्दा पहिला नै मामा घरमा जाने कुरा थियो । जाने भन्दाभन्दै लकडाउन भयो । यहि बीचमा हजुर बुबाको निधन भएको खबर आयो । लकडाउनको कारण हजुरबुबाको अन्तिम मुख र्हेर्न पनि पाएनौं । केही गरि हामी मामाघर गए पनि १४ दिन क्वारेन्टाईनमा बस्नु पर्ने भएकोले नजाने निर्णय ग¥यौं । ममीले हामी कसैलाई नछोई जुठो बार्नु भयो । त्यति बेला असाध्यै नरमाईलो लागेको थियो । यसो सोचें, क्वारेन्टाईन बस्नेहरु र उनीहरुको परिवारजनको हालत कस्तो हुँदो होला?

दिनभरी बस्दा धेरै काम गरे पनि हरेक दिन एकै खालको क्रियाकलाप हुन्थ्यो । जस्तै बिहान ढिला उठ्ने, पानी थाप्ने, खाना पकाउने १२ बजे तिर खाना खाने, लुडो खेल्ने, फिल्म हेर्ने अनि फेरी खाजा खाने, पढ्ने मोवाईल चलाउने आदी ।

अहिले मैले दिमागमा केही कुरा आयो कि लेखि हाल्ने गरेकी छु । मैले अहिलेसम्म एउटा कथा लेखें अनि मैले पढेका उपन्यासहरुबाट आफूले पनि नयाँ कथाको कल्पना गरेर उपन्यास लेख्ने कोशिस गरेकी छु ।

3886f1c6-dee0-40db-bf99-22e95da7efb4यस्तो अवस्थामा नेपालको सिमा मिचेको समाचारहरु पढें । सिमाना मिचिनु जस्तो घटना निकै नरमाईलो लागेको छ । लिपुलेक, कालापानी र सगरमाथा हाम्रो हो जस्ता कुराहरुले मेरो दिमाग घुमाउन थालेको छ । चीन र भारत दुवै मिलेर नेपाललाई खोक्रो बनाउन लागेको झैं लागी रहेको छ तर ३ जेठ २०७७ बिहानको समाचारले मलाई धेरै राम्रो लाग्यो । नेपालको राष्ट्रपतिले भने अनुसार अब नेपालको नयाँ नक्सा निर्माण हुने छ । नेपालको आफ्नै उपग्रह हेर्न पाउने कुराले निकै राम्रो लाग्यो । समाचार पढेपछि मेरो चिन्ता अलि कम भएको छ । के साँच्चै मेरो चिन्ता कम होला त?

 

धारणा श्रेष्ठ
कक्षा ९
कान्ति ईश्वरी रा.ल.मा.वि., प्याफल

३ जेठ २०७७

***

Today is the 54th day of the lockdown, and I have finished reading my 4th book.  If there was no lockdown, my friends and I had plans of going for a jog and hanging out. It is wise to stay inside during the pandemic. For a while, I didn’t feel like doing anything but again, I realized that I should something creative. I started drawing and writing a diary.

My maternal grandfather was not keeping well even before the lockdown so we had plans of visiting him. Before we knew, there was a lockdown, and one day we were informed that he was no more. We weren’t even able to bid a final goodbye to him because of the lockdown. Even if we had gone, we would have had to stay in quarantine for 14 days then after. So, we decided not to go. My mother decided to mourn and she did without touching anyone of us. That time, I felt really bad.

Even though there was a lot to do in a day, it was very monotonous. We had the same routine every day. Like for example: wake up late, fetch water, cook food, eat lunch around 12 in the afternoon, play ludo, watch movies, eat, study, etc.

These days I have developed a habit of writing. I write it down if anything crosses my mind. After reading all those novels, it has really helped me to imagine. I began to picture my own story and now I am trying to write a story of my own.

Talks regarding Lipulekh, Kalapani, and Sagarmatha have really begun to bother me. I think that China and India together are trying to overpower Nepal but the news on Jestha 3, 2077 made me happy. According to our President Bidhya Devi Bhandari, Nepal will now have a new map. After this news update, I feel very good and less worried. Will it really help?

***