लकडाउनमा साथी र सम्बन्ध

संसारमा दुःखहरु त धेरै आउँछ तर यो पटकको दुःख अति नै ठुलो छ । कहाँबाट यो कोरोना भाइरस आयो? थाहा छैन । कोरोना भाइरसका कारण देशभर लकडाउन भयो । हामी सबै घरमा बस्नु पर्ने भयो । घरमा बस्नु त राम्रो हो तर बस्दा बस्दा केही गर्न मन नलाग्ने, दिक्क लाग्ने भयो ।

कोरोना भाइरसका कारण कक्षा ९ को अन्तिम परीक्षा अगाडि सर्यो । परीक्षा सकेर अब कक्षा १० मा जाने भयौं भनेर हामी एकदम खुशी भएका थियौं । सरले हामी सबैलाई घुम्न लैजाउँला भन्नु भएको थियो । घुम्न जाने कुराले हामीहरु झन खुशी थियौं । खास गरि परोपकारको होस्टलमा बस्ने हामी सबै साथीहरु घुम्न जान पाइने भयो भनेर रमाउँदै थियौं । त्यतिबेला अन्य देशहरुमा कोरोना भाईरसको संक्रमितको संख्या बढिरहेको थियो । तर नेपालमा भने कोरोना संक्रमित व्यक्तिको पुष्टि भएको थिएन । हामीलाई पनि कोरोना भाइरस नेपालमा आएको छैन होला जस्तो लागेको थियो । तर एक्कासी कोरोना भाइरसको कारण चैत्र १० गतेदेखि लकडाउन भयो भन्ने सरले सुनाउनु भयो । त्यसपछि हामी एकदम डराएका थियौं । मरिने पो हो की? भन्ने लागेको थियो । हामी सबै एकै ठाउँमा भएकोले केही हुन्न होला भन्ने पनि लाग्यो । यो सबै त्रासको बिचमा घुम्न जाने त के? बाहिर निस्कन समेत पाइएन । मरे पनि सबै एकै ठाउँमा छौं । मरे मरिन्छ भन्ने पनि लाग्यो । सबै परिवार (होस्टलको साथीहरु) एकै ठाउँमा, साथी, दिदीहरु सबै सँगै बस्न, रमाईलो गर्न पाइने भयो भनेर खुशी पनि थियौं । हामी कति पछि सबैसँगै बसेर खाना खाने खेल्ने गर्दा छुट्टै आनन्द आईरहेको थियो । लकडाउनको करिब २ हप्ता हामीले रमाईलोसँग बितायौं । हामी होस्टलमा रमाईलोसँग बसिरहदा भने बाहिर भएका अन्य साथीहरुको एकदम याद आइरहेको थियो । हामीहरुले आफ्नो ममी, हजुरआमालाई एकदम याद गर्यौैं । आफ्नो साथी, दाजु भाईको याद गर्यौैं । यसरी परिवारको याद आउँदा आफन्तलाई फोन गर्यौैं । त्यस पछि एक किसिमको आनन्दको अनुभूती भयो । सुरु–सुरुमा होस्टलमा बस्दा रमाइलो भयो, आफू भन्दा ठूलो कक्षाको दिदीहरुसँग बस्न पाइने भयो भनेर रमाइलो लागी रहेको थियो । सबैले आ—आफ्नो सम्बन्ध सुधार गर्न पाउने भयो, एक अर्कालाई बुझ्न पाइयो भनेर खुशी लागेकोे थियो । फेसबुक म्यासेन्जरबाट कुरा गरेर झन बढी नजिकियो र इन्टरनेटबाट नयाँ कुराहरु सिक्ने मौका पाइयो । होस्टलको सिनियर दिदीहरुले आफ्नो कुराहरु सुनाउँदा एकदमै खुशी हुन्थ्यौं । हामी होस्टल बस्ने भएर पनि होला बाहिर निस्कन नपाएर पनि हामीलाई खासै फरक परेको थिएन । किन कि हामी होस्टल बस्नेहरु पहिला पनि खासै बाहिर निस्कन पाइँदैनथ्यो । तर पढाई नहुँदा होस्टल भित्र मात्र कोच्चिएर बस्नु पर्दा भने एकदम अत्यास लाग्यो । स्कुल कहिले खुल्छ? भन्ने सोच्दा सोच्दा झन धेरै चिन्ता लागिरहेको छ ।

लकडाउनले गर्दा हामीले गर्ने दैनिक कार्यहरु छुट्यो । हाम्रो कुनै होमवर्क छैन, कुनै नियम छैन, टिचर छैन, लेक्चर छैन तर हाम्रो अलग दुनिया भएको थियो ।

लकडाउनले गर्दा हाम्रो होस्टलमा गरिने नियमित क्रियाकलापहरु पुरै छुट्यो । कुनै होमओर्क छैन, कुनै नियम छैन, टिचर छैन, लेक्चर छैन, तर यस कारणले गर्दा हाम्रो पढ्ने बानी भने छुट्यो, जसले गर्दा किताब पल्टाउने बित्तिकै निन्द्रा लाग्ने भयो । दिउँसो कहिल्यै नसुत्ने मान्छे दिउँसो सुत्ने भएका थियौं । तर केहीलाई भने रमाइलो पनि भएको थियो । हामी कक्षा १० मा पुगीसकेर पनि होला, हामीले ध्यान दिएर पढ्नु पर्छ भन्ने कुराले मात्र हामीलाई पढ्नलाई प्रेरित गरिरहेको छ । त्यसैले जबर्जस्ती हामी पढ्ने कोसिस गरिरहेका छौं ।

कोरोना भाईरसको डर कम गर्न विभिन्न क्रियाकलापहरु गरे पनि हाम्रो भित्री मनमा भने कोरोना भाईरसको डर हटेको छैन तर डर कम गर्न हामी नयाँ–नयाँ कुराहरु सिक्ने विभिन्न क्रियाकलाप गर्ने गरिरहेका हुन्छौं । जे गरे पनि डर त हामीबाट टाढा नै जाँदो रहेनछ । हामी सकेसम्म आफूलाई व्यस्त बनाउने कोसिस गर्छाैं ।

school supplies with medical face mask blue background. Protection schoolchildren students from covid-19 coronavirus, school education context pandemic.समय व्यवस्थापन गर्नको लागि बिस्तारै हामी केही साथीहरुले चित्र बनाउन थाल्यौं, केहीले आफ्नो मनमा लागेको कुरा डायरीमा लेख्न थाल्यौ, तास खेल्ने, गित बजाएर नाच्ने, टिकटक हेरेर बस्ने, यूटुव हेर्ने, सरको मोवाईल मागेर लुडो खेल्ने, नेटफ्लिक्समा फिल्म हेर्ने, टि.भि. हेर्ने जस्ता विभिन्न क्रियाकलापहरु गर्न थाल्यौं । होस्टलको गार्डेनमा फुलिरहेका फूलहरुको, हरियाली र स्वच्छ हावाले गर्दा पनि हामीलाई समय बिताउन सहज बनायो । अहिले पनि एक प्रकारको रमाईलो भइरहेको छ । रमाईलो वातावरणमा रमाउँदै गर्दा भने हामीलाई पढ्नै बिर्सिएको जस्तो भईरहेको छ । केही साथीहरुलाई पहिल्यै देखि अनलाईन क्लास अल्छी लाग्थ्यो । अनलाईन क्लास हुँदा कोही लुकेर बस्थे । यसले गर्दाे अनलाइन क्लासले त्यति धेरै प्रभाव पारेन । हामी सबै जना कसरी समय बिताउने भनेर खोजी रहेका हुन्छौं । समय बिताउन कै लागि हामी कोठा सफा गर्ने, झ्याल पुछ्ने, लुगा धुने, भलिबल खेल्ने र क्रिकेट खेल्ने ग¥यौ । हामी सबैको बिस्तारै भलिबलमा सबैको सुधार भइरहेको थियो । क्रिकेट खेल्दा अति रमाइलो लाग्थ्यो । सुरुमा क्रिकेट खेल्यौं, पछि टिम नपुगेर भलिबल खेल्न थाल्यौं । पछि फेरी स्कूलमा रंग लगाउन थालेको भएर भलिबल खेल्न पनि रोकिएको छ । अहिले खेल्ने ठाउँ नभएर हामीलाई दिन कटाउन गाह्रो भएको छ । होस्टलमा नयाँ स्मार्ट टिभी किनेको छ त्यसले गर्दा समय बिताउन अलि सहज भएको छ । १ बजेसम्म खाजा, खाना हुन्छ अनि पढ्ने गर्छौं । नेटफ्लिक्समा फिल्म र्हेछौं । अहिले त हामी रातको १२ बजेसम्म टि.भी. हेर्छांै । यो हाम्रो नराम्रो बानी जस्तो पनि लाग्छ । त्यहि भएर भान्सामा दिदीलाई सघाउन पनि जान्छौं । हाम्रो समय यसरी नै बितिरहेको छ । यस्ता विभिन्न क्रियाकलाप गरेर समय बिताउँदा पनि समय कटाउन गाह्रो भएको छ ।

3748610हाम्रो केही साथीहरुलाई यो चार महिना एकदम छटपटीमा बित्यो । तर कहिले काही यस्तो पनि लाग्छ यो चार महिना घर बसेर रमाईलो पनि भयो । साथीहरु भएर नयाँ कुरा पनि सिक्यो । यसरी सोच्दा हामीहरुलाई यस्तो पनि लाग्छ कि घरमा बसेर बोर भयो भन्ने मान्छे बुद्धु हो । यो लकडाउनले कहिले केही काम गर्न नआउने मान्छेले पनि घरको काम गर्न सिकिसकेको छ । हामी आफै यस बिचमा को को सँग नजिक रहेछौं भन्ने पनि थाहा पायौं । लकडाउन कडा भएपछि कसैलाई घरको याद आयो, कसैलाई साथीको याद आयो भने कसैलाई खाने कुराको याद आयो । लकडाउन अवधिभर कहिले रमाइलो भए जस्तो, कहिले बोरिङ भए जस्तै बितिरहेकोे छ । परीक्षा सकिएकोले परीक्षाको जुन पे्रसर हुन्छ त्यसरी त पढ्न त पर्दैन तर नयाँ कक्षामा गएकोले पढ्न त परिहाल्यो । त्यसैले नयाँ किताब छोएर पढ्न नपाएको भएर अब के हुने हो? भन्ने डर लागिरहेको छ । तर केही साथीहरुले रमाइलो गर्न पाएकोमा कोरोनाको त्रास दिमागमा नभएको सुनाइरहेका छन् ।

कोहीलाई भने लकडाउनले केही समय रमाइलो भए पनि सँधै एउटै ठाउँमा, एउटै मान्छे, अनि सँधै एउटै खानाको परिकार खानु परेकोले एकदम वाक्क लागिसकेको थियो । तर कहिले काही खान नपाएर मरिन्छ की जस्तो पनि लाग्छ । फेरी सोच्छौं हाम्रो स्कूललाई सहयोग गर्ने संस्थाहरु भएको र स्कूकोे राम्रो व्यवस्थापन भएको कारण खानाले गर्दा मर्दैन कि जस्तो पनि लाग्छ । तर पत्रिकाहरुमा खान नपाएको कारणले मान्छे मरेको समाचारले एकदम नरमाइलो लागि रहन्छ । कोरोनाले गर्दा संसारको मान्छेहरु सबै मर्छन् कि जस्तो पनि लाग्छ । मरिन्छ भन्ने डर लागे पनि हामी मात्र होइन संसारका सबै मान्छे हामी जस्तै त्रासमा छन् । त्यसैले हामी मात्र होईन मरे सबै सँगै मरिन्छ जस्तो पनि लाग्छ । फेरी विश्वमा वैज्ञानिकहरु पनि छन् औषधी बन्छ होला किन यति धेरै डराउनु जस्तो पनि लाग्छ ।

लकडाउनले हामीलाई धेरै कुरा सिकायो । कोराना विरुद्ध हामी सबै साथीहरु अनुशासनमा रहेर लडिरहेका छौं । हामीले एक अर्कालाई एकदम राम्रोसँग सहयोग गरिरहेका छौं । हामीहरु सबैजना मिलेर कोरोना विरुद्ध लड्ने लकडाउनको प्रतिबद्धता हो । सबै साथी, दिदीबहिनीहरु मिलेर बस्ने, सबैसँग राम्रो सम्बन्ध बनाउने सोच हामीमा आएको छ । साथीहरु बनाउने र साथी बनाउने यो राम्रो समय हो भन्ने हामीलाई लागेको छ ।

***

Friends and relations in lockdown

 

We face many problems during our lifetime, but this one is particularly a big one. Where did it come from, no one knows. There was a nationwide lockdown because of this virus. Staying home is a wise decision, but it started to get very boring because there wasn’t much to do.

Our exams were rescheduled and we gave our exams much before than originally planned. We were quite happy that we will be moving to grade 10 after our exams. We were all very excited, especially the ones living at the hostel because we were told by our teachers that we will be going out for a day trip. During that period, the virus was found in many other countries and the numbers kept increasing. However, there weren’t any active cases found in Nepal.  We were pretty confident that Nepal didn’t have the virus but all of sudden our teacher informed us that there will be a lockdown. Obviously, we got scared.  We feared that we might die. Because of all these frightening situations, there was absolutely no way we could go out. But because all of us (friends and sisters) were together at the hostel, we had a lot of fun; so in a way, we were happy too. After a long time, we all were eating together and playing together. This brought about a different sense of satisfaction and enhanced our closeness.

We thought of our friends who lived with their families. We thought of our grandparents, brothers, and sisters and missed them a lot. During the initial days of the lockdown, we enjoyed our stay inside the hostel. We all had the opportunity to spend time and know each other better. Our relationship and bond got stronger than before. We didn’t get to go outside our hostel premise. Nonetheless, that didn’t really make much difference to us, maybe because we are used to staying inside our hostel. However, later it started to get very suffocating. “When will our school reopen?” was our constant concern.

The lockdown has completely changed our daily routine. We don’t have any classes, no teachers, no lectures, and no home assignments; we now have a different world altogether. We slowly lost our interest in studies and began to take a lot of naps during the day. Our only motivation to study is the fact that we are now in grade 10 and that is why we push ourselves to study regularly.

Even though a lot of activities were conducted to decrease our fear of coronavirus, deep inside we were still very scared. No matter what we did the fear didn’t seem to go away and that’s why we did everything to keep ourselves busy.

Slowly, a few of us started to sketch, some started to write journals, play cards, sing and dance, watch TikTok, YouTube, play online games, watch Netflix, etc to manage our time better. Bright flowers in our hostel garden did lift our mood and brought joy to us. Somehow, it seemed as though we had forgotten our studies completely. Few of them never liked online classes, and few others would hideaway during online classes.  Because of this, we don’t think online classes were productive at all. We were constantly thinking of ways to spend our time. We started to clean our rooms, wash clothes, play volleyball, and cricket.  They brought a new smart TV at our hostel. That also helped us to spend our time.

We would eat our lunch at around 1 PM and watch a lot of Netflix. We are aware that it isn’t very healthy to watch a lot of TVs. Besides watching TV, sometimes we also help in the kitchen.  This is how we were passing our days.

Few of our friends had difficulty these past 4 months. But, sometimes, we think we had a good time staying inside. We learned new things. Due to this lockdown, people who didn’t do anything at home have started to contribute to housework. Some days it was fun, some days it was very dull. Some missed their families, some of their friends and some even missed food.

For some it was getting very monotonous; to be around the same people, eat the same food at the same place. At times we feared that we might die of hunger, but again we knew that there are various organizations that help our school and the management of our school is very good, so probably we won’t die of hunger. We read news about people dying because of hunger. That was very saddening.

It’s frightening to think that we all might die because of the corona. Not just us, but everyone all over the world. But then again we know there are many scientists and maybe they will find a cure for corona after all?

This lockdown has taught us many things. To win the fight against corona, we all have to be disciplined and thankfully, we are fully supporting each other. This is a perfect time to build and strengthen our relationships.

***

Photo Credit: shangarey & raulteran

अब स्कूल खुल्छ की खुल्दैन त्यो पनि थाहा छैन

मलाई घरमा बस्दा एकदम नरमाईलो लागेको छ । लकडाउन हुनु भन्दा पहिला नै इन्डिया जाने प्लान बनाएका थियौं तर जाने भन्दा भन्दै लकडाउन भयो । त्यसपछि जान पाएनौं । अब त मलाई डर लागीरहेछ हामी कहिले इन्डिया जान पाउँछौ कि पाउदैनौं भनेर ? मेरो हजुरआमा यहि बिचमा बिरामी हुनुहुन्छ । डर झन बढेको छ उहाँलाई निको हुन्छ की नाई ? धेरै बिरामी हुनुभयो भने यो बेला हस्पिटल लान पनि गाह्रो छ । कोरोना भन्दा पनि मलाई यस्तै अन्य कुराले बढी सताई रहेको छ ।

लकडाउन पछि म बिहान ७ बजे उठ्छु । फ्रेस हुन्छु, चिया पकाउँछु, भाईहरुलाई खुवाउँछु अनि आफु पनि खाईसके पछी भाईहरुलाई पढाउँछु । १० बजे तिर ममीले खाना पकाईसकेको हुनुहुन्छ । सबै परिवारसँगै बसेर खाना खान्छौं । ममी भान्सा सफा गर्नुहुन्छ । भाई र म लुडो खेल्दै टि ।भि । र्हेछौं । त्यस पछि म पढ्छु ।

अब यो लकडाउन खुल्छ की खुल्दैन?
के हुेने हो?
दिनदिनै चिन्ता बढी रहेको छ

अन्य धेरै स्कूलहरुको त अनलाईन क्लास भईरा’छ । हाम्रो स्कूलमा त अनलाईन क्लासको व्यवस्था पनि छैन । अब स्कूल खुल्छ की खुल्दैन त्यो पनि थाहा छैन । मलाई पढाई के हुने हो ? भनेर धेरै चिन्ता लागीरा’छ । लकडाउन कै बिचमा हाम्रो त रिजल्ट आयो । म पास भएँ । मलाई एकदम खुशी लाग्यो । तर एस ।ई ।ई । को त परिक्षा पनि भएको छैन । उनीहरुलाई कस्तो धेरै चिन्ता परेको होला ? उनीहरुको परिक्षा हुन्छ कि हुँदैना भन्दाअ भन्दाइ उनिहरुलाई परिक्षा नै लिन नपर्ने भन्ने समाचार पढें । हाम्रो अनलाईन कक्षा हुन्छ कि हुँदैन ? हाम्रो स्कूल खुल्छ कि खुल्दैन सोच्दा सोच्दा अब के हुने हो ? भन्ने डर लागिरहन्छ ।

ममी बाबाले हामीलाई चोकमा समेत जान दिनु हुँदैन । कोही साथिहरुलाई भेट्न पनि पाएको छैन । यो कोरोनाले गर्दा मलाई कस्तो चिन्ता भईरा’छ । अब यो लकडाउन खुल्छ की खुल्दैन? के हुेने हो? दिनदिनै चिन्ता बढी रहेको छ । घरमा बस्दा राम्रोसँग खान पनि पाएको छैन । मेरो बाबालाई धेरै चिन्ता भईरा’छ । लकडाउन अगाडि मेरो बाबा फुटपाथमा लुगा बेच्नु हुन्थ्यो । अब त्यो पनि बेच्न दिँदैन । हामीलाई धेरै समस्या भईरा’छ । लकडाउन धेरै लम्बियो भने के खाने होला ? भनेर बाबा धेरै चिन्ता गर्नुहुन्छ । मलाई एकदम नरमाईलो लाग्छ बाबालाई देखेर ।

कक्षा ९
कान्तिईश्वरी मा.वि. प्याफल

***

Hunger crisis during lockdown

 

I don’t like staying at home. We had plans of travelling to India before the lockdown, but the lockdown happened and we couldn’t go. Now I have this fear whether or not we will able to go to India ever again? My grandmother is also not keeping well. I am really worried about her health condition. What if it gets worse? How will we take her to the hospital? I am actually more concerned about other issues as compared to Corona.

These days, I wake up around 7 in the morning; make tea and breakfast for my brothers and myself. My mother prepares lunch and it’s normally ready by 10 in the morning. We all have our lunch together after which I play ludo and watch television with my brother. After that, I study.

Many other schools have organized online classes but since I go to a government school, our school doesn’t have an online facility. I don’t know if the school will reopen again or not. I am really worried about my studies. I got my 9th-grade exams’ result during this lockdown period. I was really happy that I passed my exams, but the National Board Exams (SEE) are still pending. I guess all the SEE students must be very worried about their exams. I don’t know whether the SEE exams will be conducted or not. I think a lot about all these things and I tend to get worried.

My parents don’t allow us out at all, not even to go to the main road. I haven’t been able to meet any of my friends either. I am really distressed because of this corona. I wonder if this lockdown will ever ease up and my stress is also increasing day by day. We have not been able to eat properly as well. My father is really stressed. Before the lockdown, my father used to sell clothes on the streets, and now he can’t even sell that. He keeps wondering what will we do if the lockdown keeps extending and how will we survive? I feel really bad looking when I see him in such a state.

May 24th 2020