कहिले पो रोकथाम हुने हो यो भाईरस?

देशभरी फैलँदै गएको महामारी कोभिड—१९ कोरोना भाईरसले गर्दा हाम्रो समाज र जीवनमा धेरै असर पारेको छ । यो कोरोना भाईरस सरुवा रोग हो । यो रोग एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्छ ।

यो रोगबाट धेरै मानिसहरुले आफ्ना आफन्त परिवारजन गुमाएका छन् । यो रोगका कारण धेरैको घरमा चुलो निभेको छ । मानिसहरु आफ्नै घर भित्र कैदी जस्तै थुनिएर बस्नु परेको छ । बाहिरको स्वच्छ वातावरणको हावा नपाएका कारणले दिमागी रोगले सताएका छन् र यसले गर्दा हामी जस्ता साना बालबालिकाहरुको पढाई छुटेको छ । धेरैजना मोबाईल, टि.भी., ईन्टरनेट जस्ता साधनमा ध्यान दिन थालेकाले पछि गएर अनेक रोग जस्तै टाउको दुख्ने, आँखामा समस्या आउने जस्ता समस्या आउन सक्छ ।

स—साना बालबालिकामा मात्र नभएर ठूला मानिसहरु पनि अहिले यसमा नै रमाउन थालेका छन् । कतिपय मानिसहरु गाउँ फर्कन वाध्य भएका छन् । यो कोरोना भाईरसको कारणले धेरै मानिसहरु मृत्युको मुखमा पुगेका छन् ।

अस्मिता भुजेल
कक्षा ९
श्री कन्या माध्यमिक विद्यालय, यट्खा

***

When will this virus be prevented?

 

Everyone’s life has been greatly affected due to this COVID -19 coronavirus. This virus is communicable. It can easily be transferred from one person to another.
Because of this virus, many people have lost their loved ones. Many are unable to feed themselves. People are forced to live inside their own houses like prisoners. Many are facing mental issues because they cannot go outside and children like us cannot study since all the schools are closed. Most of the people are over-utilizing their mobile phones, laptops, the internet, etc which can lead to various problems like headaches, eye strain, dry eyes, etc.

It’s not just the children, even adults have begun to overindulge themselves in internet. Many are forced to go back to their villages. A lot of people are at death’s door because of the coronavirus.

***

Leave a Reply

Your email address will not be published. Required fields are marked *

21 − 19 =