हामी घरमा बस्ने अरु मान्छेहरु कोरोना फैलाउन बाहिर हिड्ने? 

आज बुधवार बैशाख महिनाको अन्तिम दिन कस्तो छिटो महिना बितेको जस्तो लाग्दैछ । आज मेरो बुबाको जन्म दिन पनि हो । आज हाम्रो घरमा परिवार मात्र परिवार बसेर सानो भोज जस्तो गर्ने निर्णय भएको छ । आज मैले VOW Media को दिदीहरुसंग कुरा गरे उहाँहरुले मलाई लकडाउनमा बस्दा आफ्नो लकडाउन अनुभुती कसरी लेख्ने भनेर सिकाउनु भयो ।  उहाँहरुसंग कुरा गरेर मलाई मज्जा लाग्यो सायद धेरै दिन पछि दिदीहरुसंग बोलेर होला । मलाई कहिलेकाही यति धेरै रिस उठछ किन भने एउटा साथिलाई पनि भेट्न पाउँदैन अनि उल्टै दिदीसंग झगडा पर्छ । तर घरमा बस्दा बस्दा दिदीसंग झगडा गर्ने पनि बानी परिसक्यो झगडा पनि रमाईलै लाग्छ किन कि दिदीसंग म नै पहिला झगडा गर्छु । तर मलाई यस्तो मान्छे माथि बढी रिस उठ्छ कि । हामी चाही घर बसेर अब लकडाउन सकिन्छ भनेर बस्छौ । बाँकी अरु मान्छे चाही बाहिर निस्केर कोरोना फैलाउदै हिडछन । यस्तो कुराहरु म सोचिरहन्छु । जे भए पनि मलाई आज बुबाको जन्म दिन मनाउन मज्जा आयो ।

यस्तो समयमा पनि राजनितिक पार्टीहरु देशको नसोचि आफ्नो कुर्सी बचाउन लागेको छ ।
मलाई दुःख लग्छ ।

आज जेठ महिनाको पहिलो दिन आज खासै केही पनि भएन । मलाई थाहा थिएँन कि भारत र नेपाल बिच सिमा विवाद भईरहेको रहेछ । मेरो साथिहरुबाट थाहा पाएँ भारतले नेपालको सिमा मिचेको छ रे म त कस्तो अचम्बित भए मलाई यस्तो केही थाहा थिएन अहिले सम्म मलाई त यस्तो पनि हुन्छ? भन्ने पनि थाहा थिएन । फेरी यस्तो बेलामा पनि कस्ताो सिमा मिचेको होला जस्तो लाग्यो । सबै मिलेर बाच्न पर्ने बेलामा पनि सिमा मिचेको जस्तो लाग्यो । मेरो बुबा सधै मोवाईलमा कोरोनामा कसले कहाबाट राहत सहयोग गरेको छ? कोरोना कहाँबाट बढी फैलीएको छ भनेर हेरिरहनु हुन्छ । हाम्रो परिवारलाई लाग्थ्यो यो कोरोना नेपालमा फैलाउने प्रमुख कारण भारत हो जस्तो लाग्छ । किन कि भारतको सिमानाबाट आएका मान्छेलाई बढी कोरोना संक्रमण भएको समाचार आउँछ ।  सायद नहुन पनि सक्छ तर मलाई पनि यस्तै लाग्छ । नेपालमा कोरोना संक्रमीतको संख्या १५८ पुग्यो यसरी नै बढ्दै जाने हो भने के हुन्छ थाहा छैन । यस्तो समयमा पनि राजनितिक पार्टीहरु देशको नसोचि आफ्नो कुर्सी बचाउन लागेको छ । मलाई दुःख लग्छ । 

कक्षा ९
श्री कान्तिईश्वरी मा.वि.

***

 

People walking out to spread corona?

 

It’s Wednesday, the last day of the month. I feel the entire month passed so quickly. Today is my father’s birthday too so we have decided to have a small get together, but just us. Also, today I had a talk with the sisters from VOW Media and they explained how I can write my experience of staying in the house during the lockdown. I really enjoyed talking to them, maybe cause it had been a long time.

Sometimes I get really angry because I can’t even see my friends’ infact now I have more arguments with my sister. But, slowly I am getting used to it and sometimes I am enjoying it as well. I get really annoyed that while we are staying inside due to the lockdown, others are walking freely spreading the virus. I think a lot about such things. Anyways, whatever it is, I really enjoyed celebrating my father’s birthday today.

Today is the first day of this month, nothing much has happened. I wasn’t aware that Nepal and India were having border issues. I came to know about the border encroachment through my friends. I had no idea about it and I was completely shocked. I didn’t know there would be issues like these and especially during this pandemic. I think we all should be together during this crisis instead of all these issues regarding territorial disputes.

My father is always looking for news and updates about who is providing relief to the needy ones during this crisis and how fast is the virus spreading? My family thought that it’s India who is spreading the virus in our country because the news says that people who are coming from the Indian border are mostly affected by the virus. Maybe it’s not true but I also feel the same. There are a total of 158 COVID cases currently in Nepal, and if it’s going to increase at this rate, we don’t know what will happen. Even during this crisis, political parties are more concerned about saving their power and position instead of saving the country. I feel very sad.

***

Leave a Reply

Your email address will not be published. Required fields are marked *

86 + = 91