| She is the Story featuring RAMA PARIYAR |


 

रमा परियार बिगत ९ वर्षदेखि नर्सको भूमिकामा बिरामीहरुको सेवा गर्दै आइरहनुभएको छ । उनले कोभिड १९ को माहामारीको अवधिमा कार्यसम्पादन गर्दा कार्यक्षेत्रमा र परिवारमा भोग्नुभएको चुनौतिहरु र नर्सिङ पेशामा भएका समस्याहरुको विषयमा रहेर आफ्नो कथा सुनाउनु भएको छ । She is the Story को यस अंकमा रमा परियारकाे कथा सुन्नुहोस् ।

 

 

| She is the Story featuring SUNEERA REGMI POUDEL |


उनी एक कथाको (She is the Story) को यस अंकमा सुनिरा रेग्मी पौडेलले आफ्नो कथा सुनाउनु भएको छ । सुनिरा रेग्मी पौडेल नेपालको पहिलो महिला एरोनटिकल ईन्जिनियरको रुपमा परिचित हुनुहुन्छ । यस कथामा उनले आफ्नो बाल्यकालमा पाइलट बन्न बुनेको सपना देखि नेपालको पहिलो महिला एरोनटिकल ईन्जिनियर भएर काम गर्दा भोगेको संघर्षको कथा सुनाउनु भएको छ ।

 

 

#sheisthestory
#vowmediaintiation
#suneeraregmipoudel
#firstwomen
#aeronautical

| She is the Story featuring ROSHANI RAI |


She is the Story को यो अंकमा रोशनी राईले आफ्नो कथा सुनाउनु भएको छ । रोशनी राई एक उदयमान बक्सिङ खेलाडीको रुपमा हामी सबै माझ परिचित हुनुहुन्छ । कुनैबेला लाहुरे बन्ने सपना साचेकी रोशनी राईले बक्सिङमा राष्ट्रिय स्तरको प्रतियोगीताहरुमा आफ्नो नाम स्वर्णले कोर्न सफल हुनु भएको छ । यस कथामा उनले आफ्नो बक्सिङ यात्राका साथसाथै सार्वजनिक यातायातमा भोगेको दुर्व्यवहारको विषयमा कुरा गर्नु भएको छ ।

 

Roshani Rai | She is the Story

 

 

| She is the Story featuring PRANIKA KOYU |


उनी एक कथाको (She is the Story) अबको शृङ्खलामा भिडियो कथाहरु समेट्नेछौं । हाम्रो पहिलो कथामा प्रणिका कोयूले आफ्नो कथा सुनाउनु भएको छ । प्रणिका कोयू एक उर्जाशील कवि, फरकधारका लेखक, शोधकर्ता र महिला आन्दोलनका अभियान्ताका रूपमा परिचित हुनुहुन्छ नै । धेरैलाई उनी एक आमा हुनुहुन्छ भन्ने थाहा छैन । यस कथामा उनले आफ्नो छोरा र छोरा हुर्कंदै गरेको समाजको बारेमा कुरा गर्नुहुन्छ । यो कथा उनै संघर्षशील आमा प्रणिका कोयूको हो ।

 

#sheisthestory
#pranikakoyuisthestory
#voicesofwomenmedia